ad ad

खेल


ओमानसामु नेपालले दियो २ सय २१ रनको लक्ष्य, चार छक्कासहित रोहितको अर्धशतक

ओमानसामु नेपालले दियो २ सय २१ रनको लक्ष्य, चार छक्कासहित रोहितको अर्धशतक

नेपालखबर
असोज ३, २०८१ बिहिबार ०:४९, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा ओमानसामु जितका लागि नेपालले २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

क्यानडाको द म्यापल लिफ क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २० रनको योगफल तयार पारेको हो। 

ओमानविरुद्ध खराब सुरुवात गरेको नेपालका लागि कप्तान रोहित पौडेलले नेपालको पारी सम्हालेका थिए। 

नेपाल एक समय १३.१ ओभरमा ३–३१ को अवस्थामा थियो। कप्तान रोहितले ७२ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ६० रनको योगदान दिए। 

३५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ५३ रन बनाएका गुल्सन झा क्याच आउट हुन पुगे। आरिफ शेखले ३५ रन थपे। 

सोमपाल कामी २० रनमा रन आउट भए। आशिफ शेख, भीम सार्की र सन्दीप लामिछानेले समान ११ रन बनाए। 

ओमानका लागि अकिब इलियास, फायन बट र करिमुल्लाहले समान २ विकेट लिए। सकिल र सोहेबले समान एक-एक विकेट झारे। 

ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .