कारोबार


सेयरबजारमा नयाँ सत्ता गठबन्धनको प्रभाव : लगानीकर्ताको मनोबल बढ्यो, १३ अर्बको कारोबार

सेयरबजारमा नयाँ सत्ता गठबन्धनको प्रभाव : लगानीकर्ताको मनोबल बढ्यो, १३ अर्बको कारोबार

नेपालखबर
फागुन २५, २०८० शुक्रबार १५:४९, काठमाडौँ

सेयरबजारमा यो साता नयाँ सत्ता समीकरणको प्रभाव देखिएको छ। अर्थमन्त्री को हुने हल्लाले साताको सुरुवातमै सेयरबजारमा ठूलै उछाल आएको थियो। 

योसँगै नयाँ अर्थमन्त्रीमा वर्षमान पुन आएका छन्। उनलाई नेप्सेले हरियो संकेत गरेको छ। यो साता सेयर लगानीकर्ताको मनोबल बढेको देखिएको छ। 

तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ। साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार ३० दशमलव ५६ को बिन्दुमा पुगेको छ।

सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक एक सय १७ दशमलव ७० अंक अर्थात् छ प्रतिशतले बढेको थियो। उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मङ्गलबार भने उच्च अंकको गिरावट देखियो।

मङ्गलबार परिसूचक ७० दशमलव ३१ अंकले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको थियो। बुधबार र बिहीबार दुवै दिन परिसूचक बढ्यो। नेप्सेका अनुसार परिसूचक बुधबार नौ दशमलव ३३ र बिहीबार १३ दशमलव ५१ अंकले बढेको थियो।

यो साता पुँजी बजारमा १३ अर्ब २२ करोड १७ लाख १७ हजार बराबरको तीन करोड ६० लाख ४४ हजार ३१ कित्ता सेयर कारोबार भएको छ। आइतबार दुई अर्ब पाँच करोड ८५ लाख ९४ हजार बराबरको ५२ लाख ३८ हजार छ सय ९६ कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से परिसूचकमा सकरात्मक सर्किट लागेको सोमबार भने रु ३७ करोड ३७ लाख ५१ हजार बराबरको नौ लाख २० हजार तीन सय ९९ कित्ता सेयर मात्रै किनबेच भयो।

मङ्गलबार चार अर्ब चार करोड ५२ लाख ८२ हजार सात सय ५४ बराबरको एक करोड चार लाख दुई हजार नौ सय ४० कित्ता सेयर कारोबार भएको छ। त्यसैगरी, बुधबार तीन अर्ब ४२ करोड २४ लाख ८४ हजार बराबरको ८५ लाख २८ हजार दुई सय ५५ कित्ता र बिहीबार दुई अर्ब ५८ करोड ७३ लाख १६ हजार बराबरको ६३ लाख ७२ हजार चार सय ५२ कित्ता सेयर खरिद बिक्री भएको छ।

बिहीबारको कारोबारपछि  कुल बजार पुँजीकरण ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार तीन सय ९४ बराबर कायम भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .