कारोबार


पैसा मागेको पुष्टि गर्न पूर्वअर्थमन्त्री महतलाई प्रधानमन्त्रीको चुनौती

पैसा मागेको पुष्टि गर्न पूर्वअर्थमन्त्री महतलाई प्रधानमन्त्रीको चुनौती

नेपालखबर
फागुन ३०, २०८० बुधबार १३:१३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौती दिएका छन्। 

बुधवारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले यस्तो चुनौती दिएका हुन्। 

उनले मनपरी पैसा चलाउन नदिएपछि प्रधानमन्त्री दाहाल आफूसँग रिसाएको भन्ने आशयको अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए। उनले नकारात्मक प्रचार गरेर जनतामा भ्रम नछर्न आग्रह गरे।

‘आजमात्रै मैले देखेँ, पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मेले मनपरी पैसा चलाउन नदिएपछि यस्तो भयो भन्ने आशयको मन्तव्य दिनुभएको छ। म डा. प्रकाशशरण महतलाई यो पुष्टि गर्न चुनौती दिन चाहन्छु’, उनले भने, ‘मैले कहाँ कसको लागि पैसा मागेँ । नकारात्मक प्रचार गरेर जनतामा भ्रम नगर्न आग्रह गर्दछु।’

प्रधानमन्त्रीले आत्मनिर्भरताको व्यवस्थित प्रयास सरकारले गर्ने प्रतिबद्धता जनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .