ad ad

कारोबार


लगानी सम्मेलनमा सोकेस हुँदै निजी क्षेत्रका ३१ परियोजना, जलविद्युत्-होटलदेखि केबलकारसम्म

लगानी सम्मेलनमा सोकेस हुँदै निजी क्षेत्रका ३१ परियोजना, जलविद्युत्-होटलदेखि केबलकारसम्म

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १६:५७, काठमाडौँ

यही वैशाख १६ र १७ गते हुनलागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा निजी क्षेत्रबाट ३१ परियोजना सोकेस हुने भएको छ। 

आयोजक लगानी बोर्डका अनुसार ११ दिनपछि हुने सम्मेलनमा जलविद्युत्, सिमेन्ट, मल कारखानालगायतका निजी परियोजना सोकेस हुनेछन्। 

यसमा सिकलेस अन्नपूर्ण केबलकार परियोजना, भरतपुर आइसल्यान्ड रिसोर्ट एन्ड वाटरल्यान्ड प्रोजेक्ट, टिप्लियाङ कालीगण्डकी हाइड्रोइलेक्ट्रिसिटी परियोजना, आईएमई सिमेन्ट प्रोजेक्ट (बैतडी), काठमाडौं टेक्निकल स्कुल, गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स छन्। 

त्यस्तै मिडल कालीगण्डकी हाइड्रोइलेक्ट्रिक परियोजना, जल्पादेवी केबलकार योजना, कम्पोस्ट फर्टिलाइजर, रिभल्भिङ पार्किङ, अपर सानी भेरी प्रोर हेप, मुगु कर्णाली जलविद्युत्, पेल्मा खोला जलविद्युत्, डाना खोला जलविद्युत्, माथिल्लो बूढीगण्डकी हाइड्रोपावर, लान्द्रुक मोदी, बलेफी खोला रहेका छन्। 

यसबाहेक चुवा खोला कास्कास, नार खोला हाइड्रो, अपर चुवा लुरुप्या खोला, अपर अप्सुवा जलविद्युत्, अपर भेरी हाइड्रोइलेक्ट्रिक परियोजना र सुर्के दूधकोशी हाइड्रोपावर परियोजना रहेका छन्। 

त्यसैगरी अपर मर्स्याङ्दी १ हाइड्रोपावर, अप्सुवा खोला १, लाइमस्टोन एक्स्काभेसन एन्ड ट्रान्सपोर्ट युजिङ पडवे, ह्याप्पी ल्यान्ड फन पार्क एन्ड रिसोर्ट सुरुंगा झापा, न्याचुरल एग्रिकल्चर फार्म गोरुसिंगे तौलिहवा कपिलवस्तु, महाकाली सेती क्यास्केड पिकिङ हाइड्रोइलेक्ट्रिक परियोजना (५४ मेगावाट), ३ फेजमा सगरमाथा पदमार्गमा १० लक्जरी होटल र सेती नदी पिकिङ हाइड्रोइलेक्ट्रिक परियोजना (७२ मेवा) रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .