कारोबार


सोह्रौँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्व प्राथमिकतामा पार्नुपर्छ : खतिवडा

सोह्रौँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्व प्राथमिकतामा पार्नुपर्छ : खतिवडा

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार १२:२५, काठमाडौँ

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता डा. युवराज खतिवडाले आर्थिक समृद्धिका आधारभुत तत्वहरुलाई पहिलो प्राथमिकतामा राखेर १६ औँ पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिएका छन्।

काठमाडौँमा आयोजित राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले भ्रष्टाचार न्युनिकरणलाई पहिलो प्राथमिकतामा दिनुले विश्वमा गलत सन्देश जानेसमेत बताए। 

सुशासनका कुराहरुलाई जोड दिन र आर्थिक समृद्धिका कुरामा बढी आवश्यक रहेको बताउँदै उनले निरन्तर ५ प्रतिशत भन्दा माथि १० वर्ष हाँसिल गर्ने हो भने गरिबी १० प्रतिशत घट्ने दाबी समेत गरे।

‘यो योजना तर्जुमा गरिरहँदा मैले यसअघि पनि भेनेका थिएँ, हामीलाई हाम्रो संविधानले नै भनेको हामी सबैले स्वीकारेको, संविधानमा लेखिएको समाजवाद उन्मुख राज्यप्रणाली निर्माणको आधार तयार गर्नेछौँ भन्नेकुरा लेख्नलाई केले छेक्यो होला? त्यो मैले अहिले पनि बुझिराखेको छैन,’ खतिवडाले भने, ‘त्यो हामी सबैको साझा एजेण्डा हो। समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको साझा एजेण्डा हो। त्यही नारालाई अघि बढाउँदा कसैलाई काखा, कसैलाई पाखा हुँदैन थियो होला, त्यो लेख्न हामी किन हिच्किचाइरहेका छौँ। हामीले संविधानमा जे-जे प्रण गरेका छौँ, त्यसलाई कार्यान्वन गर्ने आवधिक योजना यही १६ औँ योजना हो।’

कम लगानीबाट बढी प्रतिफल लिने बाटोमा जानेकुरामा ध्यान दिन आवश्यक रहेको पनि उनले बताए।

संविधानमा लेखिएको समाजवाद उन्मुख राज्यप्रणाली निर्माणको आधार तयार गर्नेकुरा योजनामा समावेश गर्न केले रोकेको हो? भन्दै उनले प्रश्न गरे। 

समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको साझा एजेण्डा भएको पनि बताउँदै खतिवडाले बजेटमा समाजवाद उन्मुख राज्य प्रणाली भनेर लेख्ने तर पञ्चवर्षीय योजनामा चर्चा नै नगर्ने हो भने पहिलो चरणमा नै योजना भन्दा फरक बजेट बन्ने बताए।

‘वार्षिक बजेट एक वर्षको बन्छ, त्यसलाई आवधिकमा दोहोर्‍याउनुपर्छ, पाँच वर्षको लागि सुनिश्चित गर्नुपर्छ विकासका रणनीति, उद्देश्य कार्यक्रम भनेर नै यो १६ औं योजना बनाएको हो। भोलि बजेट लेखौँला हामीले समाजवादउन्मुख राज्य प्रणाली निर्माण गर्ने भनेर योजनामा त्यसको कुनै लामो चर्चै गरेनौँ, समाजवादको आधार तयार गर्ने चर्चा नै गरेनौँ भने त बजेट त पहिलो स्टेपमै योजना भन्दा फरक हुन्छ त,’ खतिवडाले अघि भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .