कारोबार


२०३० सम्म ५ हजार मेगावाटका जलविद्युत् आयोजनामा लगानी गर्छौँ : अध्यक्ष शर्मा

२०३० सम्म ५ हजार मेगावाटका जलविद्युत् आयोजनामा लगानी गर्छौँ : अध्यक्ष शर्मा

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १०:५७, काठमाडौँ

सतलज जल विद्युत निगम (एसजेभीएन)का अध्यक्ष सुशिल शर्माले २०३० सम्म ५ हजार मेगावाटका जलविद्युत आयोजना लगानी गर्ने बताएका छन्।

२००८ देखी नेपालमा आफ्नो यात्रा सुरु गरेको बताउँदै उनले करिब २ हजार २०० मेगावाटका आयोजना विकास गरिरहेको बताए।

एसजेपभएन अरुण तेस्रो जलविद्युत आयोजनाको सम्झौता भएसँगै नेपाल भित्रिएको  थियो। एसजेभिएनले ३ वटा हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ।

अध्यक्ष शर्माले पछिल्लो ४–५ वर्षमा नेपालको लगानीको वातावरण राम्रो बन्दै गएको उनको भनाई छ।

अरुण तेस्रोको प्रगति ७४ प्रतिशत छ। 

‘तल्लो अरुणको डिपिआर ९० दिनमै भएको छ,’ शर्मा भन्छन्, ‘जुन भारतमा समेत हुँदैन। नेपालमा लगानी बोर्डले सहजिकरण गरेको छ।’

बोर्डले नेपालमा निर्माण सामग्रीको आयात, प्रविधिको आयात र नेपालमा काम गर्ने विदेशीलाई रेमिट्यान्स लैजान सहजीकरण गरेको छ। 

शर्माले नेपालमा विन्ड र सोलार विद्युतका योजनाको संभावना रहेकाले लगानीका लागि सहजीकरण गर्ने पनि बताए।

‘नेपालमा ग्रिन हाइड्रोजनको प्रोजेक्टमा छिट्टै लगानी गछौं,’ शर्माले प्रतिवद्धता जनाए। 

नेपालले भारतसँग १० हजार मेगावाट विद्युत निर्यात गर्ने भएकाले बजारकोलागि समस्या नहुने बताए। 

सरकारले जग्गा अधिग्रहणका लागि कानुनी सहजता आवश्यक रहेको बताए। छिटो काम गर्नकोलागि लगानी बोर्डलाई अझै निर्णय गर्ने क्षमता  बढाउन सुझाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .