कारोबार


एडीबी उपाध्यक्षले औँल्याए नेपालले लगानी बढाउन गर्नुपर्ने मुख्य ३ सुधार

एडीबी उपाध्यक्षले औँल्याए नेपालले लगानी बढाउन गर्नुपर्ने मुख्य ३ सुधार

नेपालखबर
बैशाख १६, २०८१ आइतबार ११:४९, काठमाडौँ

एसियाली विकास बैंक (एडीबी)का मध्यपश्चिम र दक्षिण एसियाका उपाध्यक्ष इन मी याङले नेपालले लगानीमैत्री वातावरणका लागि मुख्य तीन कुरामा सुधार गर्न आवश्यक रहेको औँल्याएका छन्। 

नेपालमा जग्गा अधिग्रहण, वातावरण र सामाजिक मूल्यांकन, प्रतिफल सहजै लैजान पाउने वातावरणमा मुख्य चुनौती रहेको उनको भनाइ छ। 

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपालले यी कुरामा सुधार गर्नुपर्ने आवश्यकता रहेको संकेत गरे।

उनले भने, ‘नेपालमा जग्गा अधिग्रहण, वातावरण र सामाजिक मूल्यांकन, प्रतिफल सहजै लैजान पाउने वातावरणमा मुख्य चुनौती छ।’

सरकारले पनि यी कुरा सम्बोधन गर्न अध्यादेशबाट १० ऐन संशोधन गरिरहेको छ। जसमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले आजै लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। 

उपाध्यक्ष याङले एडीबीले नेपालमा अन्तर्राष्ट्रिय दातृ निकायसँग सहकार्य गरी सरकारसँग काम गरिरहेको बताए। सार्वजनिक निजी साझेदारीका क्षेत्रको रोडम्याप बनाउन एडीबीले सहयोग गरिरहेको उनले बताए।

त्यस्तै जलवायुमैत्री लगानीको लागि नेपाललाई सहयोग गरिरहेको बताएका छन्।

लगानी सम्मेलनमा सहभागी हुँदै याङले एडीबीले फराकिलो क्षेत्रमा काम गरिरहेको बताएका हुन्। नेपालमा उनले एडीबीले मुख्य समस्या पहिचान र एकीकृत गरी समाधान गर्दै आएको बताए।

नेपालमा मुख्यत: नीतिगत कार्यक्रम, लगानी पोडक्ट र प्राविधिक सहयोगका विषयमा काम गर्दै आएको पनि उनको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .