कारोबार


सीईओ धिमान भन्छन्- अरुण तेस्रोको ७४ प्रतिशत काम सकियो

सीईओ धिमान भन्छन्- अरुण तेस्रोको ७४ प्रतिशत काम सकियो

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १७:२४, काठमाडौँ

अरुण तेस्रो कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले अरुण तेस्रोको ७४ प्रतिशत काम सम्पन्न भएको बताएका छन्। 

९ सय मेगावाटको यो आयोजना सन् २०१८ मा सुरु भएको थियो।  

‘नेपालमा आयोजनाको काम सुरु गर्दा केही समस्या रहेका थिए। उक्त समयमा काम अघि बढाउने वा छाड्ने भन्ने अवस्थामा पुगेका थियो,’ धिमानले अरुण सुरु गर्दाको अनुभव सुनाए, ‘तत्कालीन प्रधानमन्त्री ओलीलाई काम गर्न नसक्ने समस्या सुनायौँ। त्यसपछि स्थानीय समस्या र सुरक्षा उपलब्ध गराएपछि काम अघि बढेको हो।’

उनले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट्न सहज भएको र समस्या टिपोट गरी समाधानतर्फ लाग्ने गरेको अनुभव सुनाए। 

यो आयोजना भारतीय कम्पनी एसजेभीएनले बनाइरहेको छ। अरुण तेस्रोको प्रगति राम्रो भएसँगै भारत सरकार र नेपाल सरकारबीच छलफल भई थप २ वटा आयोजना निर्माणको जिम्मा लिएको छ।

तल्लो अरुण यो वर्षको अन्तमा निर्माण सुरु हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .