कारोबार


राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा

फाइल तस्बिर : चक्रबहादुर बुढा


नेपालखबर
बैशाख २३, २०८१ आइतबार ११:३, काठमाडौँ

राजस्व अनुसन्धान विभागको महानिर्देशक चक्रबहादुर बुढालाई बनाइएको छ। 

यसअघि विभागको महानिर्देशक नवराज ढुंगाना थिए।

विभागले कोटिभीटी कम्पनीको राजस्व चुवहाट सम्बन्धमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि ढ‌ुंगाना विवादित भएका थिए।

यसैबीच उनको स्थानमा बुढालाई महानिर्देशक बनाइएको हो।  

राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको निकाय हो। 

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागमा कार्यरत महानिर्देशक चक्रबहादुर बुढालाई यही वैशाख १४ गते प्रधानमन्त्री कार्यालयमा भित्र्याइएको थियो। 

अहिले उनलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएर ढुंगानालाई चाहिँ प्रधानमन्त्रीको कार्यालय पठाइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .