पाँचवटा सिमेन्ट उद्योगले आयकर र मूल्यअभिवृद्धि कर (भ्याट) नतिरेको भेटिएको छ।
ठूला करदाता कार्यालयले सरकारी स्वामित्वसँगै निजी कम्पनीहरुले भ्याट तिर्न बाँकी रहेको जनाएको छ।
यसअनुसार उदयपुर सिमेन्ट उद्योग लिमिटेडले आयकर र मूल्यअभिवृद्धि कर दुवै तिरेको छैन।
शुभश्री अग्नी सिमेन्ट उद्योग र विशाल सिमेन्ट इन्डस्ट्रीले भ्याट तिर्न बाँकी हुँदा कसमस सिमेन्ट इन्डस्ट्रिज, अरनिको आँबुखैरेनी सिमेन्ट इन्डस्ट्रिज प्रा.लिले आयकर बुझाएका छैनन्।
सिमेन्ट उद्योगसँगै डन्डी र निर्माण कम्पनीको समेत आयकर र मूल्यअभिवृद्धिकर बाँकी छ। हिमाल आइरन एन्ड स्टिल कम्पनीले आयकर र मूल्यअभिवृद्धिकर बुझाएको छैन। निर्माण कम्पनीमा जयन्ती निर्माण सेवा, सीई कन्स्ट्रक्सन प्रा.लि, सुनाम इन्फ्रास्ट्रकर निर्माण प्रालि, हाउजिङ निर्माण कम्पनी ग्रिन हिल सिटीको पनि बाँकी छ।
ठूला कर दाता कार्यालयले एक सूचना जारी गर्दै १५ दिनभित्र बक्यौता कर दाखिला गरिसकेको प्रमाण पेस हुन नआएमा कारबाही गर्ने उल्लेख गरेको छ।
२५ कम्पनीमध्ये माउन्ट एभरेस्ट ब्रुअरी प्रा.लि, पेन इडिया इन्फ्रापोजेक्टस, कृषि सामग्री कम्पनी, गण्डकी विकास बैंक, सुमेरु बचत तथा ऋण सहकारी, नर्भिक इन्टरनेशनल हस्पिटल, जनक शिक्षा सामग्री, टाइगर्स ब्रुअरी, सुबिसु केबलनेट, इष्टर्न एजेन्सीज, बतास बदर्श, महालक्ष्मी वायर एन्ड केवल इन्डस्ट्रिज, अयोकी सिम्बोल इरेक्टर्स नेपाल, शिव शिदर एग्रो प्रा.लि र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कर तिरेका छैनन्।
Shares
प्रतिक्रिया