कारोबार


अर्थतन्त्रलाई रिभाइभ गर्न बैंकको ब्याजदर र राज्यको आर्थिक नीति स्थिर हुन आवश्यक : पूर्वअध्यक्ष राणा

अर्थतन्त्रलाई रिभाइभ गर्न बैंकको ब्याजदर र राज्यको आर्थिक नीति स्थिर हुन आवश्यक : पूर्वअध्यक्ष राणा

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १६:३९, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले अर्थतन्त्रलाई रिभाइभ गर्न बैंकको ब्याजदर र राज्यको आर्थिक नीति स्थिर हुनुपर्ने बताएकी छिन्।

बिहीबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलमा बोल्दै राणाले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको बताइन्। 

सरकारले बैंकको ब्याजदर र आर्थिक नीतिलाई स्थिर बनाउनुको विकल्प नभएको दाबी गर्दै उनले अस्थिर नीतिहरूको कारणले पनि निजी क्षेत्रको सरकारले मनोबल उच्च बनाउन नसकेको उल्लेख गरिन्।

‘उद्योग व्यवसाय ३० प्रतिशतको क्षमतामा मात्रै सञ्चालनमा आएका छन्। यसरी हेर्दा उद्योग क्षेत्रमा डरलाग्दो अवस्था छ। व्यवसायीहरूले बैंकहरूबाट लिएको कर्जा समेत फर्काउन सकेका छैनन्,’ उनले भनिन्, व्यवसायीहरूको बजारबाट उधारो समेत उठेको छैन। यो भनेको अर्थतन्त्रमा चुनौतिपूर्ण अवस्था हो। यसले बैंकहरूलाई पनि अफ्ठ्यारोमा पारिरहेको छ। आगामी बजेटमा सरकारले कसरी सुधार ल्याउँछ हेर्न बाँकी छ।’

पूर्वअध्यक्ष राणाले निजी क्षेत्रको मनोबल उच्च बनाउनको लागि आगामी बजेट तथा नीति कार्यक्रममा नीतिगत सुधार आवश्यक रहेको बताउँदै उनले सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन सक्दा मात्रै पनि अर्थतन्त्रमा सुधार आउनसक्ने जिकिर गरिन्। 

उनले पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न नसक्दा व्यवसायीहरुले बैंकहरुबाट लिएको कर्जा समेत फर्काउन नसकेको बताउँदै उनले बजारमा पनि व्यवसायीहरुको उधारो समेत उठ्न नसकेको जानकारी दिइन्। 

‘अहिलेको अर्थतन्त्रलाई सरकारले रिभाइभ गर्ने हो भने बैंकको ब्याजदर र सरकारका नीतिहरुमा स्थायित्व आवश्यक रहेको छ। अस्थिर नीतिहरुको कारणले पनि निजी क्षेत्रको सरकारले मनोबल उच्च बनाउन सकेको छैन। निजी क्षेत्रको मनोबल बनाउने गरी बजेट तथा नीति कार्यक्रम ल्याउन सक्दा अर्थतन्त्रमा सुधार हुनसक्छ। धेरै बिग्रिएको छैन। अर्थतन्त्रलाई पुन सुधार गर्नसक्छौं,’ उनले भनिन्, ‘माग र सप्लाईमा बैंकर्स र व्यवसायीहरूको फल्स छ की भन्छु। हामी एउटा व्यवसायी देख्ने वित्तिकै त्यसैको पछाडी जान्छौं। होटल भनेपछि होटल खोल्छौं। सिमेन्ट, औषधि, छडतिर नै लाग्छौं। त्यसलाई पनि मानसिलाई परिवर्तन गर्न आवश्यक छ।’

पूर्वअध्यक्ष राणाले एउटा व्यवसाय देख्ने बित्तिकै त्यसैको पछाडी बैंक र व्यवसायीहरु लाग्ने गरेको बताउँदै होटल, सिमेन्ट, औषधि र छड राम्रो भएसँगै सबै व्यवसायीहरू त्यतितिर लगानी लगाउन थालेकाले पनि समस्या आएको बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .