ad ad

कारोबार


चौथो दिन साढे ५ अर्बको कारोबार, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

चौथो दिन साढे ५ अर्बको कारोबार, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

नेपालखबर
जेठ ९, २०८१ बुधबार १६:२, काठमाडौँ

साताको चौथो कारोबार दिन पनि सेयरबजारमा उत्साह छाएको छ। 

नेप्सेको दोहोरो अंकको वृद्धि र ५ अर्बको कारोबार पारले बुधबार पनि निरन्तरता पाएको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार ५ अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यसअघि मंगलबार ५ अर्ब २० करोड, सोमबार ५ अर्ब ८५ करोड र आइतबार ५ अर्ब २५ करोडको कारोबार भएको थियो। 

मौद्रिक समीक्षापछि निरन्तर बजार बढिरहेको छ भने कारोबार रकम पनि उत्साहजनक रुपमा वृद्धि हुनथालेको छ। 

आज दोहोरो अंकले बढे पनि १६१ कम्पनीको सेयर मूल्य घटेको छ। ८१ वटाको बढ्दा ५ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

आज धेरै कमाउनेमा सामुदायिक लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ता छन्। दुवै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। लगानीकर्ताले आज ८.०५ प्रतिशतसम्म गुमाएका छन्। 

सर्वाधिक कारोबारमा नेरुडे मिर्मिरे लघुवित्त अगाडि छ। कम्पनीको २४ करोड रुपैयाँको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .