नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सरकारले केही क्षेत्रमा रणनीतिक कार्यक्रमहरू बजेटमार्फत ल्याएको बताउँदै बोली र व्यवहार एउटै गर्न सुझाव दिएका छन्।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
‘कतिपय कुरा जस्तै कृषि, जडिबुटी, वन, आइटी सेक्टरमा जुन किसिमको रणनीतिक कार्यक्रम ल्याएको छ त्यसलाई कार्यान्वयन गर्नुपर्छ। सकारात्मक भिजन लिएर जानुपर्छ। बोल्ने एउटा व्यवहार अर्को हुन हुँदैन,’ उनले भने।
साथै, उनले अहिले नीजि क्षेत्र र जनता दुवै संकटमा रहेको भन्दै ध्यान दिन सरकारलाई आग्रह गरे।
‘निजी क्षेत्र मात्रै नभइ सरकार वा आम जनता संकटमा छ। आम जनताको खल्तीमा पैसाको कमी भएको छ। बजेटमार्फत केही गतिशिलता दिन सकौँ भनेर हामी सरकारसँग सहकार्य गरिरहेका छौँ,’ उनले भने।
आन्तरिक स्रोत सुनिश्तितामा ध्यान दिनुपर्ने उनले बताए।
Shares
प्रतिक्रिया