ad ad

कारोबार


खर्च घटाउने र व्यवस्थित गर्नेतर्फ केही कुरा आएका छन्, त्यो राम्रो छ : राजेन्द्र मल्ल

खर्च घटाउने र व्यवस्थित गर्नेतर्फ केही कुरा आएका छन्, त्यो राम्रो छ : राजेन्द्र मल्ल

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १८:२१, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष तथा प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बजेट यथार्थपरक हुनुपर्ने बताएका छन्। 

अर्थमन्त्री वर्षमान पुनले ल्याएको हालसम्मकै ठूलो बजेटबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले आन्तरिक राजस्व संकलन घटिरहे पनि सरकारले ध्यान दिन नसकेको बताए। 

उनले भने, ‘बजेट १८ खर्ब ६० अर्बको आएको छ। यसमा आन्तरिकतर्फ संकलन गर्ने राजस्व घटिरहँदा मोटामोटी यो वर्ष २० प्रतिशतले कम भएकामा अर्को वर्ष फेरि बजेट २० प्रतिशत बढाउँदा ४० प्रतिशतको खाडल हुने भयो। यसलाई हामीले खर्चचाहिँ हुने प्रक्षेपण गर्नासाथ, स्रोत संकलन भएन भने समस्यामा पर्न सक्छौँ। यथार्थपरक हुनुपर्छ।’ 

अहिलेको बजेटमा कृषि, जलस्रोत, आईटी क्षेत्रमा एउटा खाका आएको बताउँदै उनले बजेट कार्यान्वयनमाजोड दिए। 

उनले भने, ‘बोल्ने एउटा व्यवहार अर्को नहोस्। विस्तृतमा अध्ययन गरेर मात्र भन्न सकिन्छ। आधिकारिक धारणा राख्नेछौँ। कतिपय कुरा खर्च घटाउने, व्यवस्थित गर्नेतर्फ केही कुरा आएका छन्। त्यो राम्रो छ।’  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .