ad ad

कारोबार


‘सर्ट टर्म बियरिस’ ट्रेन्डमा सेयरबजार, फेरि १९ अंकले घट्यो

‘सर्ट टर्म बियरिस’ ट्रेन्डमा सेयरबजार, फेरि १९ अंकले घट्यो

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १५:३१, काठमाडौँ

सेयरबजार १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा पुगेको छ। 

बजेटपछिको दोस्रो कारोबार दिन पनि बजार परिसूचक नेप्से घटेको हो। मौद्रिक समीक्षाले उत्साह ल्याएको बजारमा बजेटले बल दिन नसक्दा फेरि २१ सय माथिबाट २ हजार विन्दुमा आइपुगेको छ। 

साताको अन्तिम कारोबार दिन आज बिहीबार ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ। ९८ लाख ६४ हजार ४ सय ८२ कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको छ। 

योसँगै ७० कम्पनीको सेयर बढेको, १७३ वटाको घटेको र ४ वटाको अघिल्लो मूल्यमै कारोबार भएको नेप्सेले जनाएको छ। बिहीबार २१ सयको अधिकतम विन्दु र २०६७ को न्यून विन्दुमा नेप्से रह्यो। 

बजेटका पछिल्ला २ कारोबारले नेप्सेले सर्ट टर्म बियरिस ट्रेन्ड समाएको देखिएको छ। यो भनेको छोटो समयका लागि बजार घट्ने हो। 

बिहीबार फाइनान्स, जलविद्युत् तथा उत्पादन र प्रशोधन उपसूचक मात्र हरियो रहे। सबैभन्दा बढी होटल र पर्यटन, निर्जीवन बीमा उपसूचक घट्न पुगेका छन्। 

कसले कमाए? 
अन्तिम कारोबार दिन नेपाल फाइनान्स (१० प्रतिशत), अपर लोहोरे खोला हाइड्रो (१० प्रतिशत), भगवती हाइड्रोपावर (१० प्रतिशत), मनकामना इन्जिनियरिङ (९.९८ प्रतिशत) र युनिलिभर नेपाल लिमिटेड (९.५० प्रतिशत)को सेयर मूल्य बढेको छ। यी कम्पनीको मूल्य बढ्दा लगानीकर्ताले क्रमशः ५०.६०, ३६.३०, ७५.९०, ३१.४० र ४११३.९० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। 

आज सबैभन्दा धेरै पोखरा फाइनान्स (–१० प्रतिशत), कालिञ्चोक दर्शन लिमिटेड (–७.०८ प्रतिशत), बाराही हाइड्रोपावर (–६.७४ प्रतिशत), नेपाल वेयरहाउजिङ कम्पनी (–५.९६ प्रतिशत), कालिका लघुवित्त (–५.८२ प्रतिशत) का लगानीकर्ताले क्रमशः –७५.८०, –८७.८०, –३९, –५०.१० र –६१ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। 

आज सर्वाधिक कारोबारतर्फ नेपाल फाइनान्सको १९ करोड ४५ लाख, ङादी पावर लिमिटेडको १५ करोड ३० लाख, जानकी फाइनान्स १३ करोड ६० लाख, सीईडीबी हाइड्रो १२ करोड ३ लाख र कालिञ्चोक दर्शनको १० करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ। 

दिनभरिमा कुल ६१ हजार ७२ पटक सेयर किनबेच भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .