नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट २१.०५ प्रतिशतसम्म नगद लाभांश दिने घोषणा गरेको छ।
इन्स्योरेन्सले आइतबार ३७६औँ सञ्चालक समितिको बैठकबाट कुल चुक्ता पुँजीको २१ प्रतिशत नगद लाभांश लगानीकर्तामा बाँड्ने निर्णय गरेको हो।
कम्पनीको चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँ छ। यसको २१.०५ प्रतिशतले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
उक्त लाभांशमा १.०५ प्रतिशत भने कर प्रयोजनका लागि प्रयोग हुनेछ।
कम्पनीले लभांश वितरणका लागि अब नेपाल बीमा प्राधिकरणको स्वीकृति लिनेछ भने त्यसपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि मात्रै लगानीकर्तामा वितरण हुनेछ।
156
Shares
प्रतिक्रिया