चीनबाट युरोपमा आयात गरिने विद्युतीय कारमाथि ठूलो परिमाणमा कर लगाइने भएको छ।
अधिकांश युरोपेली सदस्यदेश ऐक्यबद्ध भएसँगै धेरै कर लगाउने योजना कार्यान्वयनमा जाने देखिएको हो।
बीबीसीका अनुसार यो युरोपेली कार उद्योगको संरक्षणका लागि भएको बताइएको छ। युरोपेली राजनीतिज्ञले चीनमाथि कार उद्योगलाई सहयोग दिएको आरोप लगाउने गरेका छन्।
योजनाअनुसार चीनमा बनेका विद्युतीय कारमा आगामी ५ वर्षमा ४५ प्रतिशतसम्म कर लगाइनेछ। तर यसले ईभीको मूल्य बढाउन सक्नेछ। यो निर्णयले ब्रसेल्स र बेइजिङ व्यापारयुद्धमा आमनेसामने हुनसक्ने खतरा छ। चीनले यसको विरोध गर्दै आएको छ।
चीनमा ईभीको घरेलु उत्पादन व्यापक बनिरहेको छ। बितेको दुई दशकमा चिनियाँ ब्रान्डका ईभी संसारभर पुगिसकेका छन्। साइक, बीवाईडी, गिलीजस्ता चिनियाँ ईभी ब्रान्डले पछिल्लो समय लोकप्रियता र राम्रो व्यवसाय गरिरहेका छन्।
Shares
प्रतिक्रिया