सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि १ अर्ब ४० करोड रुपैयाँ रकमान्तर भएको छ।
सरकारले चालू आर्थिक वर्षको विनियोजित बजेटबाहेक १ अर्ब ४० करोड रुपैयाँ रकमान्तर गरेको हो।
सुनकोसी मरिन डाइभर्सन आयोजनाको केही समयअघि मात्रै १३ किलोमिटर सुरुङको ब्रेक थ्रु भएको छ। राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको आयोजनाको अहिले सबैभन्दा छिटो प्रगति भइरहेको छ।
तराईका जिल्लामा सिँचाइ पु¥याउने र विद्युत उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको विद्युत उत्पादन र सुरुङमार्ग कंक्रिटिङ लगायतको काम बाँकी रहेका छन्।
सुनकोसी मरिन आयोजनाबाहेक विभिन्न शीर्षकमा अर्थ मन्त्रालयले २ अर्ब ८३ करोड रुपैयाँ वैशाखसम्म रकमान्तर गरेको छ।
78
Shares
प्रतिक्रिया