संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छन्।
कोसी, कर्णाली लगायतका प्रदेशमा सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीहरूले बजेट वक्ताव्य सुरु गरेका छन्।
यस वर्षको बजेटमा अर्थमन्त्रीहरूले नयाँ प्रयोग पनि थालेका छन्, गत जेठ १५ गते संघीय अर्थमन्त्री वर्षमान पुन अनन्तले सुरु गरेको सुटकेसका सट्टा नेपाली झोला बोक्ने परम्परालाई प्रदेशका मन्त्रीहरूले पनि पछ्याएका छन्।
कोशी प्रदेश सरकारका अर्थमन्त्री राम राना र कर्णाली प्रदेशका अर्थमन्त्री महेन्द्र केसीले नेपाली झोलामा बजेट बोकेर प्रदेशसभामा प्रस्तुत गरिरहेका छन्।
यसअघि पुनले प्रयोग गरेको बजेट वक्तव्य राखिएको झोलाको चर्चा भएको थियो।
छालाको कालो विदेशी ब्रान्डका ब्रिफकेसमा बजेट वक्तव्य बोक्ने परम्परा छोड्दै पुनले अल्लो र ढाकाले बनेको नेपाली झोला प्रयोग गरेका थिए।
यही परम्परा प्रदेशका अर्थमन्त्रीहरूले पनि पछ्याएका हुन्।
Shares
प्रतिक्रिया