लगातार वर्षाका कारण शुक्रबार साँझदेखि आन्तरिक उडान हुन सकेका छैनन्।
प्रतिकूल मौसमका कारण अहिलेसम्म कुनै पनि आन्तरिक उडान हुन नसकेको काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए।
‘हिजो साँझदेखि आन्तरिक उडान हुन सकेका छैनन्’, उनले शनिबार बिहान नेपालखबरसँग भने, ‘अन्तर्राष्ट्रिय उडान भने भइरहेका छन्।’
नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार साँझ सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगन गरिएको जानकारी गराएको थियो।
बिहीबार बेलुकादेखि लगातार वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ।
129
Shares
प्रतिक्रिया