ad ad

कारोबार


सेयर कारोबारमा आयकर ३९ प्रतिशत र पुँजीगत लाभकर १० प्रतिशत पुर्‍याउन सुझाव

सेयर कारोबारमा आयकर ३९ प्रतिशत र पुँजीगत लाभकर १० प्रतिशत पुर्‍याउन सुझाव

नेपालखबर
असार ४, २०८१ मंगलबार १७:१३, काठमाडौँ

विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सेयर कारोबारबाट प्राप्त आयमा व्यक्तिगत आयकरअनुरुपकै कर र पुँजीगत लाभकर दुवै लगाउनुपर्ने सुझाव दिएको छ। 

समितिले कारोबार संख्या र रकमका आधारमा ३९ प्रतिशत व्यक्तिगत आयकर लगाउनुपर्ने सुझाव दिएको हो।

हाल व्यक्तिगततर्फ ३९ प्रतिशत र संस्थागततर्फ २५ प्रतिशत कर लाग्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार अब सेयर कारोबारबाट प्राप्त आम्दानीलाई पनि व्यक्तिगत आयकरअनुसार नै कर असुल गर्नुपर्ने समितिले सिफारिस गरेको छ। 

धितोपत्र खरिदबिक्रीको लाभमा ३६५ दिन अवधिको लागि ७.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा घटी अवधिको हितको निसर्गमा १० प्रतिशत करको दर कायम गुर्नपर्ने साथै कुल कारोबारको २ प्रतिशतका दरले न्यूनतम वैकल्पिक कर लगाउनुे व्यवस्था गर्न सुझाव गरिएको छ’, प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनले ५ वर्षभित्र यस्तो कर १० प्रतिशतमा पुर्‍याउन सिफारिस गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .