ad ad

कारोबार


आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीले ५३ लाख कित्तामाथिको आईपीओ जारी गर्दै

आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीले ५३ लाख कित्तामाथिको आईपीओ जारी गर्दै

नेपालखबर
असार ५, २०८१ बुधबार १२:५८, काठमाडौँ

आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीले साधारण ५३ लाख ५७ हजार कित्ता सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

आईपीओ निष्काशनका लागि कम्पनीले धितोपत्र बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो।

आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कम्पनीको जारी पुँजी १ अर्ब ७८ करोड ५८ लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ५३ करोड ५७ लाख ४० हजार सेयर पुँजी बराबरको ५३ लाख ५७ हजार ४०० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .