ad ad

कारोबार


महानगरभित्रका होटलको सम्पत्ति करमा २० प्रतिशत छुट, पार्किङ क्षेत्रको १० वर्षसम्म कर तिर्नु नपर्ने

महानगरभित्रका होटलको सम्पत्ति करमा २० प्रतिशत छुट, पार्किङ क्षेत्रको १० वर्षसम्म कर तिर्नु नपर्ने

होटल सोल्टी।


नेपालखबर
असार ११, २०८१ मंगलबार १२:४०, काठमाडौँ

काठमाडौं महानगर क्षेत्रभित्र सञ्चालित होटल, रिसोर्टलाई २० प्रतिशत सम्पत्ति कर छुट दिने भएको छ।

होटल तथा रिसोर्टको नाममा भएका घरजग्गा वा लिजमा लिई होटल, रिसोर्ट सञ्चालन भएकाले २० प्रतिशत छुट हुने भएको हो। 

त्यस्तै व्यावसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रफलको १० वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्था गरेको छ। 

पार्किङ प्रयोजन देखाई नक्सा स्वीकृत गरेको भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने महानगरपालिकाले प्रचलित कानुन र निर्णयबमोजिम कारबाही गर्ने व्यवस्था गरेको छ। 

भवनको नस्का स्वीकृत भएको मितिले २ वर्षसम्मको (मूल संरचनाको म्याद थप भएमा थप २ वर्ष) अवधिलाई निर्माण अवधि मानी सो अवधिको सम्पत्ति कर लाग्नेछैन। 

कसैले निर्माण अवधिभन्दा अगावै भवन निर्माणकार्य सम्पन्न गरी महानगरबाट भवन निर्माण सम्पन्नताको प्रमाणपत्र जारी भएमा वा प्रयोगमा ल्याएमा सोही आर्थिक वर्षदेखि सम्पत्ति कर लाग्नेछ।

घरजग्गा रहेको ठाउँमा एकभन्दा बढी बाटोले छोएको भएमा सबैभन्दा ठूलो बाटोलाई आधार लिई जग्गाको मूल्यांकन गर्ने भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .