ad ad

राजनीति


संसदबाट सापकोटाले गरे सिन्धुपाल्चोक भ्रमणको निमन्त्रणा

संसदबाट सापकोटाले गरे सिन्धुपाल्चोक भ्रमणको निमन्त्रणा

नेपालखबर
असार ११, २०८१ मंगलबार १२:४८, काठमाडौँ

प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ले गृहजिल्ला सिन्धुपाल्चोक भ्रमणका लागि संसदबाट सबैलाई निमन्त्रणा गरेका छन्। 

संसदमा आफूले प्राय गृहजिल्ला सिन्धुपाल्चोकको विपत्ति, पीडा र अप्ठेरोबारे बोलेको स्मरण गर्दै उनले सिन्धुपाल्चोकबारे चर्चा गरे।

सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।

मंगलबार संसदको शून्य समयमा धारणा राख्दै उनले जुगल हिमालदेखि मुडेको आलुसम्मको चर्चा गरेका हुन्।

सांसद सापकोटाले भने, ‘सम्माननीय सभामुख महोदय, प्राय मैले गृह जिल्लाका विपत्ति, पीडा र अप्ठेराबारे बोलेको छु, सिन्धुपाल्चोक त्यती मात्रै होइन, काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमाल यहिँ छ । यसैको काखमा चर्ने चौंरीका छुर्पी र जुगलको न्युरो,  मुडेको स्वादीलो आलुबारे सबैलाइ जानकारी नै छ।’ 

लाखौं पर्यटकले मन पराएको सुकुटे क्षेत्र, र्याफ्टिङ, लाष्ट रिसोर्ट र बन्जी, पाँचपोखरी, भैरवकुण्ड, हेलम्बुलजस्ता पर्यटकीय गन्तव्यहरूबारे जानकारी गराएका उनले दुध उत्पादमा चर्चीत बिन्जेल, कुविण्डे र भोटेचौरबारे पनि बताएका थिए।

जुगल हिमालको काखमा रहेको नेपेमासाल, चर्चीत मन्दिर गौरती, नेपाल तिब्बत युद्धताका तयार दुगुनागढी, लिस्ति, त्रिपुरासुन्दरी, पाल्चोक, तातोपानी धाराको चर्चा गर्दै उनले जिल्ला भ्रमणका लागि आव्हान गरेका हुन्। 

सापकोटाले भने, ‘कुविण्डे, पिस्कर र भोटेनाम्लाङजस्ता राजनीतिक पहिचान बोकेका गाउँहरू छन्। मेलम्चीले काठमाडौँलाई पानी पिलाएको छ। डेढदर्जन जलविद्युत आयोजनाहरू छन्। मितेरी पुलसहित चीनको उत्तरी व्यापारिक तातोपानी नाका छ।’

सांसद सापकोटाले सिन्धुपाल्चोक समस्याहरूसँज जुध्दै विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै गृहजिल्लामा निमन्त्रणा गरेका हुन्।

यस्तो छ सम्बोधनको पूर्णपाठः
सम्माननीय सभामुख महोदय, प्राय मैले गृह जिल्लाका विपत्ति, पीडा र अप्ठेराबारे बोलेको छु, सिन्धुपाल्चोक त्यती मात्रै होइन, काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमाल यहिँ छ। यसैको काखमा चर्ने चौंरीका छुर्पी र जुगलको न्युरो, मुडेको स्वादीलो आलुबारे सबैलाइ जानकारी नै छ। लाखौं पर्यटकले मन पराएको सुकुटे क्षेत्र, र्याफ्टिङ, लाष्ट रिसोर्ट र बन्जी, पाँचपोखरी, भैरवकुण्ड, हेलम्बुलजस्ता पर्यटकीय गन्तव्यहरू, बिन्जेल, कुविण्डे र भोटेचौरहरू दुध उत्पादनमा चर्चीत छन्। 

नेपेमासाल, गौरती, दुगुनागढी, लिस्ति, त्रिपुरासुन्दरी, पाल्चोक, तातोपानी धारालगायत धार्मिक र ऐतिहासिक स्थलहरू पनि यहिँ छन्। कुविण्डे, पिस्कर र भोटेनाम्लाङजस्ता राजनीतिक पहिचान बोकेका गाउँहरू छन्। मेलम्चीले काठमाडौँलाई पानी पिलाएको छ। डेढदर्जन जलविद्युत आयोजनाहरू छन्। मितेरी पुलसहित चीनको उत्तरी व्यापारिक तातोपानी नाका छ।

समस्याहरूसँज जुध्दै विकास र समृद्धिको मार्गमा सिन्धुपाल्चोक अगाडि बढिरहेको छ, म सम्मानीत संसदबाट सिन्धुपाल्चोक भ्रमणका निमित्त सबैलाई हार्दिक निमन्त्रणा गर्दछु। धन्यवाद, लाल सलाम।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .