ad ad

कारोबार


सडक बत्तीको महसुल बुझाउन प्राधिकरणले दियो पालिकाहरुलाई किस्ताबन्दीको सुविधा

सडक बत्तीको महसुल बुझाउन प्राधिकरणले दियो पालिकाहरुलाई किस्ताबन्दीको सुविधा

फाइल तस्बिर


नेपालखबर
असार १६, २०८१ आइतबार ८:२७, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय पालिकाहरुलाई किस्ताबन्दीको सुविधा दिएको छ। 

प्राधिकरणले आइतबार सूचना जारी गर्दै सडक बत्ती उपभोग गरेका स्थानीय तहहरुलाई थप दस्तुरसहितका बक्यौता महसुल (बढीमा ६० महिनासम्मको) किस्ताबन्दीमा बुझाउन पाउनेगरी सुविधा प्रदान गरेको हो। 

प्राधिकरण सञ्चालक समितिको निर्णयबाट यस्तो सुविधा प्रदान गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ। 

बक्यौता महसुल बुझाउनको लागि प्राधिकरणले स्थानीय पालिकाहरुलाई ४५ दिनको सुविधा प्रदान गरेको छ। 

हेर्नुहोस् सूचना 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .