नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौंको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
होटल याक एन्ड यति काठमाडौंमा आयोजित सभाले अभिमन्यु गोल्छा र कार्यसमितिका सदस्यहरूलाई चयन गरेको मञ्चले जनाएको छ।
प्रार्थना साख:को अध्यक्षता समापन भएको सभामा नवनिर्वाचित अध्यक्ष गोल्छा र कार्यसमिति सदस्यहरूको टोलीलाई परिचय गराइएको थियो।
साख:को नेतृत्वमा मञ्चले युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ। मुख्य कार्यक्रमहरूमा एनवाईईएफ स्टार्टअप अवार्ड, महिला उद्यमीहरूको सम्मान कार्यक्रम, एनवाईईएफ जुनियर उद्यमशीलता कार्यक्रम र विभिन्न नेटवर्किङ कार्यक्रमहरू सामेल थिए।
एनवाईईएफ काठमाडौंले साखलाई उनको असाधारण नेतृत्व र समर्पणको लागि धन्यवाद व्यक्त गरेको छ।
सभामा नव-निर्वाचित अध्यक्ष अभिमन्यु गोल्छाले आफ्नो भूमिकामा व्यापक अनुभव ल्याउने बताए। उनले संगठनको उत्कृष्टताको परम्परालाई निरन्तरता दिने बताए।
उनी गोल्छा समूहका कार्यकारी निर्देशक हुन्।
को को छन् कार्यसमितिमा?
• प्रार्थना साखा – तत्कालीन अध्यक्ष
• आप्पा शेर्पा - पहिलो उपाध्यक्ष
• अनुभाव श्रेष्ठ - दोस्रो उपाध्यक्ष
• क्षितिज तामाङ - कार्यसमिति सदस्य
• इच्छा मल्ल - कार्यसमिति सदस्य
• निर्दोष द्वा - कार्यसमिति सदस्य
• सौरभ श्रेष्ठ - कार्यसमिति सदस्य
• वेदिका मुरारका - कार्यसमिति सदस्य
• सन्दीप शर्मा - कार्यसमिति सदस्य
• सुरक्षा अधिकारी - कार्यसमिति सदस्य
• सन्तोष पाण्डे - कार्यसमिति सदस्य
• निखिल अग्रवाल - कार्यसमिति सदस्य
Shares
प्रतिक्रिया