ad ad

कारोबार


सरकारले भुक्तानी रोक्दा निर्माण व्यवसायीले गरे आत्महत्या, महासंघ भन्छ- ६० अर्ब दायित्व बाँकी छ

सरकारले भुक्तानी रोक्दा निर्माण व्यवसायीले गरे आत्महत्या, महासंघ भन्छ- ६० अर्ब दायित्व बाँकी छ

नेपालखबर
असार २१, २०८१ शुक्रबार १५:५९, काठमाडौँ

नेपाल निर्माण व्यवसायी महासंघले काम गरेको रकम भुक्तानी नपाउँदा व्यवसायीले आत्महत्या गर्न बाध्य भएको जनाएको छ।

सरकारी ठेक्का लिएको निर्माण व्यवसायीले समयमै रकम भुक्तानी नपाउँदा आर्थिक समस्यामा परेर आत्महत्या गरेको महासंघले दाबी गरेको हो। 

शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले ६० अर्ब रुपैयाँ दायित्व बाँकी रहेको जनाएको छ। सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनबाट म्याद थप भएपछि ४० अर्ब दायित्व र चालू आयोजनाको बजेट अपुग तथा निकासा नभएको कारण २० अर्ब भुक्तानी बाँकी रहेको उल्लेख गरेको छ। 

‘निर्माण व्यवसायीको ठूलो रकम भुक्तानी नहुँदा सप्लाई चेन (आपूर्ति शृंखला) नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने अवस्थामा पुगेका छन्’, महासंघले भनेको छ। 

महासंघले सरकारी कार्यालयबाट दायित्व भुक्तानी नपाएकै कारण असार १५ गते डडेल्धुराका निर्माण व्यवसायी डम्बरदत्त भट्टले आत्महत्या गरेको उल्लेख गरेको छ।

‘स्थानीय पूर्वधार विकास आयोजना कार्यालयअन्तगर्तका ठेक्काहरुको भुक्तानी  नहुँदा नआएपछि भट्टले ठूलो आर्थिक समस्यामा परेको परिवारलाई बताउने गरेका थिए’, महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

अर्थ मन्त्रालयबाट असार १४ देखि रकमान्तर र थप बजेटसम्बन्धी कुनै पनि फाइल अगाडि नबढेको अवस्थामा पुँजीगतको सूचकांक नकारात्मक हुने व्यवसायीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .