आइतबार ६ अर्बको कारोबारपछि सेयरबजारमा करेक्सन देखिएको छ।
२१.२७ अंकले बढेको भोलिपल्ट सेयर बजार परिसूचक नेप्से ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा थामिएको हो।
योसँगै आज बजारमा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ। आज बजारमा १ करोड ४ लाख रुपैयाँको सेयर बिक्री भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार ९५ वटा कम्पनीको सेयर मूल्य बढेको दिन १४१ कम्पनीको घटेको र १० वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
सोमबार लगानीकर्ताले ९.६८ प्रतिशतसम्म अधिकतम प्रतिसेयर आम्दानी गरेका छन्। समाज लघुवित्तका सेयरधनीले प्रतिकित्ता ३ सय रुपैयाँ यस्तो आम्दानी गर्दा एनआईसी एसिया डिबेन्चरका सेयरधनीले ६८ रुपैयाँ कमाए। अन्य लगानीकर्ताले योभन्दा कम प्रतिसेयर आम्दानी गरेका छन्।
त्यसैगरी आज मैलुङखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ८.३९ प्रतिशत अर्थात् प्रतिकित्ता ५५.५० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरे। यो नै आजको अधिकतम गिरावट हो।
सर्वाधिक कारोबारतर्फ एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका लगानीकर्ताले २८ करोड ७० लाख, जानकी फाइनान्सको १५ करोडको कारोबार भए पनि अन्यको ९ करोड ६३ लाखसम्म अधिकतम कारोबार भएको छ।
Shares
प्रतिक्रिया