सुनको मूल्य आज घटेको छ।
सोमबार सुन प्रतितोला ४ सय रुपैयाँले सस्तो भएको हो। योसँगै तोलाको १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
छापावाल सुन उक्त मूल्यमा कारोबार हुँदा तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ छ। यता आज चाँदीको मूल्य भने स्थिर छ।
आइतबार प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुन १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेर कीर्तिमानी मूल्यमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३८२ र चाँदी ३०.९४ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन् ।
3.3k
Shares
प्रतिक्रिया