ad ad

कारोबार


भोलिदेखि साउन ९ सम्म राति ५ घण्टा बन्द हुँदै पृथ्वी राजमार्गको नौबीसे–मलेखु खण्ड

भोलिदेखि साउन ९ सम्म राति ५ घण्टा बन्द हुँदै पृथ्वी राजमार्गको नौबीसे–मलेखु खण्ड

नेपालखबर
असार २५, २०८१ मंगलबार १८:५५, काठमाडौँ

भोलि बुधबारदेखि पृथ्वी राजमार्गअन्तर्गत धादिङमा पर्ने नौबीसे–मलेखु खण्ड हरेक रात ५ घण्टा बन्द हुने भएको छ। 

सडक विभागका अनुसार विभिन्न स्थानका राजमार्गका पुलको गर्डर लन्चिङको लागि राति बन्द गर्न लागिएको हो।

उक्त खण्डमा गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुलमा उक्त कार्य हुनलागेको हो। 

बुधबारदेखि साउन ९ गतेसम्म दैनिक बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म सबै सवारीसाधनलाई निषेध गरिएको छ। 

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने गाडी भने चल्न पाउनेछन्। विभागले वैकल्पिक राजमार्गको रुपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न पनि सूचित गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .