ad ad

समाज


आज राति कहाँ-कहाँ छ ठूलो वर्षाको सम्भावना?

आज राति कहाँ-कहाँ छ ठूलो वर्षाको सम्भावना?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असार २५, २०८१ मंगलबार १९:३०, काठमाडौँ

हाल (मंगलबार साँझ) कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै  स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज राति कोसी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

साथै राति कोसी, मधेस र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी तथा कोसी प्रदेशकै एक/दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानआसपास र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .