ad ad

कारोबार


भौतिक पूर्वाधारमन्त्रीको पहिलो निर्णय- राष्ट्रिय यातायात ऐनको मस्यौदा मन्त्रिपरिषद् लैजाने

भौतिक पूर्वाधारमन्त्रीको पहिलो निर्णय- राष्ट्रिय यातायात ऐनको मस्यौदा मन्त्रिपरिषद् लैजाने

नेपालखबर
असार ३१, २०८१ सोमबार १७:१०, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय यातायात विधेयकको मस्यौदा मन्त्रिपरिषद्‍मा पेस गर्ने निर्णय गरेका छन्।

 सोमबार पदभार सम्हाल्दै दाहालले लामो समयदेखि छलफलममा रहेको विधेयक सदर गरेका हुन्। 

 झापाबाट राष्ट्रिय सभागमा निर्वाचित दाहालले आजै राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए।

पदभार ग्रहण गर्दै मन्त्री दाहालले सडक दुर्घटनालाई कसरी कम गर्ने भन्नेमा फोकस हुने बताए। 

‘नीति निर्माण गरेर मात्रै काम गर्ने मेरो योजना छ,’ उनी भन्छन्, ‘विकास निर्माणको काम धेरै नभएको गुनासो आएका छन्।’
 

उनले भुक्तानीको विषयमा पनि केही समस्याहरु रहेको स्वीकार गर्दै गहन छलफल गरेर एउटा निचोड निकाल्ने भएको छ। 

सार्वजनिक खरिद ऐन पनि संशोधन गर्नुपर्ने खण्डमा छलफल गर्ने र त्यसबाट आएको निर्णयअनुसार संशोधन गर्ने योजना रहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .