नेपालमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज (शनिबार) अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसामा कारोबार भइरहेको छ। यो अमेरिकी डलरको अहिलेसम्मकै उच्च मूल्य भएको राष्ट्र बैंकले जनाएको छ।
हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ १५ पैसा थियो।
डलरको मूल्यमा रेकर्ड ब्रेक भइरहँदा नेपाली मुद्राको अहिलेसम्मकै अबमूल्यन भएको छ।
भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपियाँ सबैभन्दा सस्तो भएको हो। नेपाली रुपियाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर छ।
अमेरिकी डलरको मूल्यवृद्धि भइरहँदा नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्ने भए पनि आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याज र साँवालाई असर गर्ने जानकारहरु बताउँछन्।
Shares
प्रतिक्रिया