ad ad

कारोबार


७५ अंकले नेप्से बढ्दा यी १० कम्पनीका लगानीकर्ता मालामाल, एकै कित्तामा १७ सयमाथिको वृद्धि

७५ अंकले नेप्से बढ्दा यी १० कम्पनीका लगानीकर्ता मालामाल, एकै कित्तामा १७ सयमाथिको वृद्धि

नेपालखबर
साउन ८, २०८१ मंगलबार १५:२४, काठमाडौँ

सोमबारको सामान्य ‘करेक्सन’पछि मंगलबार पुनः बजारमा उल्लेख्य वृद्धि देखिएको छ। 

धितोपत्रको दोस्रो बजारमा मंगलबार नेप्से सूचक ७५.३३ अंकले बढेर २५६३.४३ अंकमा बन्द भएको हो। 

सूचकमा आएको उछालसँगै आज १४ अर्ब ११ करोड रुपैयाँबराबरको कारोबार हुँदा १० कम्पनीका लगानीकर्ता मालामाल भएका हुन्। 

मंगलबार कारोबारमा आएको ३१७ कम्पनीमध्ये २२० कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको मात्रै मूल्य घटेको हो। 

आज ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४ वटा कम्पनी सर्किट लेभलमै बढेको छ।

जसमा बोटलर्स नेपालको आज कित्तामा १७६४ रुपैयाँले बढेको छ भने समृद्धि फाइनान्सको ४७ रुपैयाँ, माण्डु हाइड्रोको १२३ रुपैयाँ, हाथवे इन्भेस्टमेन्ट १०७, नेपाल वेयरहाउजिङ कम्पनी ९८ रुपैयाँ, साहस ऊर्जाको ५५ रुपैयाँले मूल्य बढेको हो। 

यस्तै हिमालयन ऊर्जाको प्रतिकित्ता २२.५० रुपैयाँ हुँदा युनिभर्सल पावर कम्पनीको २३ रुपैयाँ र पिपुल्स हाइड्रोको ३४ रुपैयाँले सेयर मूल्य बढेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .