ad ad

कारोबार


अपहरणकाण्डका दोषी पूर्वमन्त्री गुप्ताविरुद्ध सम्पत्ति शुद्धीकरणको पनि मुद्दा, ८५ लाख बिगो

अपहरणकाण्डका दोषी पूर्वमन्त्री गुप्ताविरुद्ध सम्पत्ति शुद्धीकरणको पनि मुद्दा, ८५ लाख बिगो

पूर्वमन्त्री गुप्ता


नेपालखबर
साउन ९, २०८१ बुधबार १६:४६, काठमाडौँ

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वमन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। 

सम्पत्ति शुद्धीकरण गरेको ठहरसहित विभागले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार ८५ लाख बिगो दाबीसहित यही ७ गते मुद्दा दायर गरेको हो। 

गुप्ताले अपहरण तथा शरीर बन्धक मुद्दाको रोहमा सोसम्बद्ध कसुरबाट फिरौतीको रुपमा पाएको कसुरजन्य सम्पत्तिलाई उत्पत्तिको गैरकानुनी स्रोतबाट अलग गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै विभागमा उजुरी परेको थियो। 

विभागले अनुसन्धानको क्रममा गुप्ताले सम्पत्ति शुद्धीकरणको कसुर गरेको भेटिएको जनाएको छ। विभागका अनुसार गुप्ताले उक्त कसुर गरी रकमको खण्डीकरण गरी स्वरुप परिवर्तन गरेर १७ लाख ३० हजार रुपैयाँको सुन किनेको, फिरौती रकमबाहेक अन्य रकमबाट अरु मानिसलाई समेत पैसा दिई बाँकी रकम निसर्ग समेत गरेको देखिएको छ। 

‘अपराध तथा शरीर बन्धकको कसुरबाट प्राप्त गरेको फिरौती रकम सम्पत्तिको गैरकानुनी स्रोतको शुद्धीकरण गरेकाले गुप्ताले ८५ लाख बिगोबराबरको बिगो धनसम्पत्तिसम्बन्धी शुद्धीकरणसम्बन्धी कसुर गरेको देखिँदा’, विभागले भनेको छ, ‘उनलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ (संशोधनसहित)को दफा ३ को उपदफा १ क, ख र ग तथा उपदफा २ र ३ अनुसार कसुर गरेको देखिएकाले ८५ लाख बिगो कायम गरी सोही ऐनको दफा ३० (१) अनुसार सजाय गरिपाउन माग गरिएको छ।’

साथै कसुरमा प्रयोग भएको गुप्ताको नाममा दर्ता बा२च९४५४ र बा६च ९१०६ नम्बरका दुई गाडी सोही ऐनको दफा ३४(१) (ख)अनुसार दफत हुनुपर्ने मागदाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .