ad ad

कारोबार


संसदीय समितिले सरकारलाई सोध्यो : ईयूको कालोसूचीबाट नेपाल नहट्नुमा कसको चलखेल हो?

संसदीय समितिले सरकारलाई सोध्यो : ईयूको कालोसूचीबाट नेपाल नहट्नुमा कसको चलखेल हो?

नेपालखबर
साउन १०, २०८१ बिहिबार १६:२, काठमाडौँ

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र समितिमा पेश गर्न निर्देशन दिएको छ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले मन्त्रीलाई यस्तो निर्देशन दिएको हो। समिति बैठकमा बोल्दै समिति सभापति राजकिशोर यादवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई सन् २०२२ को रिपोर्ट एक हप्ताभित्र आईकाओको रिपोर्ट समितिमा पेस गर्न निर्देशन दिए।

समितिको अर्को बैठकमा मन्त्री उपस्थित हुँदा समितिले दिएका सम्पूर्ण निर्देशन लिखित रूपमा ल्याउन सभापति यादवले निर्देशन दिए।

ईयूको कालो सूचीबाट नेपाल नहट्नु पछाडिको कारण र त्यसमा क–कसको चलखेल भएको हो स्पष्ट तथ्य पेश गर्न समेत सभापति यादवले निर्देशन दिए।

‘आईकाओको प्रतिवेदन समितिलाई पठाउन पर्यटन मन्त्रालयलाई पत्र नै लेखेको छ। अब समितिले पत्र लेख्न नपरोस्। अबको एक हप्ताभित्र समितिलाई प्रतिवेदन उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन गर्दछु’ उनले भने, ‘ईयू सेफ्टी लिस्टको विषयमा डेढ वर्ष भयो। अब हामीले रिजल्ट हेर्ने हो। अर्को बैठकमा आउँदा ईयू सेफ्टीलिस्टमा कति दिनमा हामी च्यानपेन हुन्छौं। तयार गरेर आउन मन्त्रीलाई निर्देशन गर्दछु।’

उनले प्राधिकरण टुक्राउने विधेयक कहाँ कस्तो अवस्थामा रहेको हो? सो बारेमा समितिलाई जानकारी उपलब्ध गराउन पनि निर्देशन दिए। उनले कोरिया जाने नेपाली कामदारको आउजाउमा कोरियन एयरलाइन्सको विकल्प लगायतका विषयमा आगामी बैठकमा कार्ययोजनासहित उपस्थित हुन मन्त्रीलाई निर्देशन दिए।

सभापति यादवले भने, ‘कोरियन एयरलाइन्सको विषय दुई देशको कुरा हो। कोरियन एयरलान्इस नेपाल आउने तर नेपाली एयरलाइन्स कोरिया जान केके गर्नुपर्छ। नेपालको जहाज कोरिया कसरी जाने त्यो सम्बन्धी केके गर्नुपर्छ र मैले यसरी काम गर्दैछु भन्ने कार्ययोजनासहित आउन मन्त्रीलाई निर्देशन गर्दछु।’  

उनले पोखरामा भएको यती एयरलाइन्स दुर्घटनाको छानबिन रिपोर्ट अर्को बैठकमा उपलब्ध गराउन निर्देशन दिए।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पसलहरु राख्ने दिएको सम्झौताहरु एक हप्ताभित्र समितिलाई उपलब्ध गराउनसमेत निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .