नेपाल चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षबाट भुवन केसी बिदा भएका छन्।
बोर्डको २ वर्षको कार्यकारी अध्यक्षको कार्यकाल सकिएपछि उनी बिदा भएका हुन्।
साउन ८ गते केसीको कार्यकाल सकिएको थियो। आज बिहीबार बोर्डको हलमा कार्यक्रम गर्दै उनको औपचारिक बिदाइ गरिएको हो।
कार्यक्रममा केसीलाई माला लगाउँदै फ्रेमिङ गरिएको ठूलो फोटोसमेत प्रदान गरिएको थियो।
केसीले २ वर्षे कार्यकालमा आफूले धेरै कुरा सिक्न पाएको सुनाए। चलचित्र क्षेत्रका समस्या र चुनौतीलाई आफ्नो अनुभव र क्षमताले भ्याएसम्म समाधान गर्ने प्रयास गरेको उनको दाबी थियो।
कार्यक्रममा उनको २ वर्षे कार्यकालको मुख्य उपलब्धि समेटिएको पुस्तकसमेत सार्वजनिक गरिएको थियो। जसमा उनका उपलब्धिदेखि आगामी कार्यदिशाहरू समेत प्रस्तुत गरिएको छ।
687
Shares
प्रतिक्रिया