ad ad

कारोबार


‘नेपालमा ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने पूर्वाधार’

‘नेपालमा ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने पूर्वाधार’

नेपालखबर
भदौ २, २०८१ आइतबार १८:१६, काठमाडौँ

नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण सेप्टेम्बर २६ देखि काठमाडौंमा हुने भएको छ।

होटल संघ नेपाल, बिमस्टेक एसिया नेपाल, वाटरकम स्ट्राटेजी र नेपाल ट्राभलसँगको सहकार्यमा दोस्रो संस्करण हस्पिटालिटी कन्क्लेभ हुन लागेको हो। आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै होटल संघले यस्तो जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष विनायक साहले नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको नेपाल हस्पिटालिटी कन्क्लेभ गर्न लागिएको बताए।

उनले पर्यटन आतिथ्य क्षेत्रमा देखिएका सम्भावना र चुनौतीका विषयमा केन्द्रित भएर आयोजना गर्न लागेको बताए। उनले विगतको तुलनामा पर्यटन आगमन वृद्धि भएपनि पर्यटन गतिविधिहरु बढ्न नसकेको बताए।

उनले अहिले नेपालमा आगमन भइरहेका पर्यटक एक तिहाई मात्रै रहेको भन्दै सरकारले नीति नियम परिमार्जन गरी कार्यान्वयन गर्नु जरुरी रहेको बताए।

मुलुकमा पर्यटन आगमन वृद्धि भएको र होटल तथा पर्यटकीय पूर्वाधारहरु वृद्धि भएकाले पर्यटन व्यवसायी खुशी रहेको उनकौ भनाई छ।

अध्यक्ष साहले नेपालको पर्यटन पूर्वाधारले ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्थामा रहेको बताए। उनले नेपाल भारत र चीन जस्ता विकासित मुलुकहरुको बीचमा भएकाले पर्यटन पूर्वाधार बढाएर अहिलेको भन्दा दोब्बर पर्यटक ल्याउन सक्ने बताए।

विश्वका ब्राण्ड होटलहरु आइरहे पनि नेपालमा दक्ष जनशक्तिको अभाव रहेको स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .