ad ad

कारोबार


थामिएन सेयरबजारको ओरालो यात्रा, तीन कारोबार दिनमा २२३ अंकले घट्यो नेप्से

थामिएन सेयरबजारको ओरालो यात्रा, तीन कारोबार दिनमा २२३ अंकले घट्यो नेप्से

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १५:२२, काठमाडौँ

सेयरबजारमा नेप्से परिसूचकमा देखिएको पहिरो थामिएको छैन। ३ हजारको विन्दुबाट फर्किएको नेप्से घटेर २७ सयमा आइपुगेको हो। 

आइतबार नै ७९ अंकले घटेको बजार मंगलबार १११ अंकले घटेकोमा बुधबार ३.८० अंकले बढे पनि बिहीबार पुनः ३६.८३ अंकले घटेको हो। 

साताको अन्तिम दिन आज दिनभरजसो बजार राताम्मे बन्न पुग्यो। समग्रमा ३६.८३ अंकले घटेर नेप्से २७४९.५७ अंकमा ओर्लिएको हो। समग्रमा यो साताको तीन कारोबार दिन घटेको बजारले २२३ अंकको ओरालो यात्रा तय गरेको छ।

सूचक ओरालो लागेसँगै बजारमा केही लगानीकर्ता ‘प्यानिक सेल’मा उत्रिए भने केही लगानीकर्ता सेयर ‘होल्ड’ गरेर बसे। २९ अर्बमाथिको दैनिक कारोबार भइसकेको बजारमा सूचक घटेसँगै कारोबार रकम खुम्चिएर १२ अर्बमा आइपुगेको छ। 

बिहीबार १२ अर्ब २४ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको छ। 

यो दिन कारोबारमा आएका ३२२ कम्पनीमध्ये १८८ कम्पनीको सेयरमूल्य घटेको छ भने ५३ वटा कम्पनीको मात्रै मूल्य बढेको छ। म्युचुअल फन्ड समूहका केही कम्पनीहरु र केही जलविद्युत् कम्पनीबाहेक आज कारोबारमा आएका सबै कम्पनीको सेयरमूल्य घटेको छ। 

कमाउनेमा आज कुथेली बुखारी हाइड्रो अगाडि छ। यो कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको छ भने रसुवागढी हाइड्रो ९.९९ प्रतिशत, मिड सोलु हाइड्रोको मूल्य पनि ८.४८ प्रतिशतले बढेर कमाउनेको सूचीमा अगाडि देखिएको छ। 

घट्नेमा भने थ्रि स्टार हाइड्रो १० प्रतिशतको गिरावटसँगै उच्च मूल्य गुमाउने कम्पनीको सूचीमा अगाडि छ। यो कम्पनीको कित्तामा १२३ रुपैयाँ अर्थात् १० प्रतिशतले मूल्य घटेको छ। 

योबाहेक वीन नेपाल लघुवित्तको ५.८५ प्रतिशत, एनआरएनको ५.०८ प्रतिशतले मूल्य घटेर धेरै गुमाउनेको सूचीमा अगाडि छन्।  

कारोबारको आधारमा भने आज गुडविल फाइनान्स अगाडि छ। यो कम्पनीमा लगानीकर्ताले आज एकैदिन ३७ करोड रुपैयाँको सेयर कारोबार गरेका छन्।

यो पनि -

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .