ad ad

कारोबार


नेपालमा सम्भावना नै सम्भावना छ : अध्यक्ष ढकाल

नेपालमा सम्भावना नै सम्भावना छ : अध्यक्ष ढकाल

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार १४:१५, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्द उनले नेपाल लगानीका लागि सम्भावना नै सम्भावना भएको देश रहेको बताए।

उनले अहिले नेपालमा केही पनि सम्भावना नै छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य सही नभएको बताएका हुन्। 

‘नेपालमा अवसर छैन, थिएन, नेपालमा सम्भावना नभएको भए हामी जस्तो केही पनि नभएको व्यक्ति निजी क्षेत्रको छाता संगठनको जिम्मेवारी लिन असम्भव थियो। नेपालमा जता हेर्‍यो त्यतै अवसर छ। जहाँ हेर्‍यो हो त्यहीँ छ। कोरोनाका कारण जुन संकुचन आयो, यही बीचमा उद्योग वाणिज्य महासंघको जिम्मेवारी सम्हालेको हो। हरेक ठाउँमा निराशा थियो, आम नागरिकलाई विश्वासमा लिन जरुरी छ। यसबीचमा यसको लागि हामीले करिब डेढ वर्ष भयो, यो बीचमा त्यो आम्तविश्वास दिलाउन निजी क्षेत्रको तर्फबाट पहल गरेका छौँ,’ अध्यक्ष ढकालले भने।

नेपालमा केही पनि सम्भावना नभएको भए आफू जस्तो सामान्य व्यक्ति उद्योग वाणिज्य महासंघको नेतृत्वसम्म नआइपुग्ने बताए।

अहिले नेपाल बाहिर रहेका नेपालीहरूले नेपालमा कुनै अवसर नरहेको, सबै नराम्रो रहेको भन्ने सोचलाई मात्रै बढी प्रश्रय दिइरहेको उनले जिकिर गरे।

‘अहिले एउटा भाष्य बनाइएको छ, नेपालमा केही सम्भावना पनि छैन, यहाँको मान्छे पनि राम्रो छैन। हरेक हिसावले नेगेटिभ हिसावको मात्रै सोचाई छ। बाहिर बस्ने नेपालीहरु नेपालका मान्छे नराम्रो, नेपालमा अवसर छैन, उहाँहरुले नेपाल हरेक हिसाबले नकारात्मकता छ। सामाजिक सञ्जालको कारणले पनि त्यो सोच भएको हो की जस्तो लाग्छ। तर वास्तविकता त्यो होइन। 

अध्यक्ष ढकालले लगानीको वातावरण नै छैन, कानुनहरू नै ठिक छैन मात्रै भन्ने र संशोधनतिर नजाने हो भने कहिले पनि राम्रो वातावरण बनाउन नसकिने उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .