ad ad

कारोबार


९० प्रतिसेयर नेटवर्थ कायम नभएका कम्पनीको आईपीओ निष्काशनमा रोकविरुद्ध अर्थसमितिमा उजुरी

९० प्रतिसेयर नेटवर्थ कायम नभएका कम्पनीको आईपीओ निष्काशनमा रोकविरुद्ध अर्थसमितिमा उजुरी

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १२:२५, काठमाडौँ

९० प्रतिसेयर नेटवर्थ कायम गर्न नसक्ने कम्पनीहरुले आईपीओ निष्काशन गर्न नपाएको भन्दै नेपाल धितोपत्र बोर्डविरुद्ध अर्थसमितिमा उजुरी परेको छ।

उजुरीमा ९० प्रतिसेयर नेटवर्थ भन्दा कम भएका कम्पनीहरुको आईपीओ निष्काशन रोकिदा पुँजी बजार तथा लगानीकर्ताहरुमा  निराशा छाएको उल्लेख गदै निष्काशनका लागि सो व्यवस्था हटाउन माग गर्दै उजुरी परेको हो । 

संसदको सार्वजनिक लेखा समितिले यसअघि नै ९० प्रतिसेयर नेटवर्थभन्दा कम नेटवर्थ भएका कम्पनीहरुको आईपीओ निष्काशन नगर्न बोर्डलाई निर्देशन दिएको थियो।

लेखा समितिको निर्देशनपछि बोर्डले त्यस्ता कम्पनीहरुको आईपीओ निष्काशन प्रक्रिया नै रोकेको छ। मंगलबार बसेको अर्थसमितिको बैठकमा आईपीओमा बन्देज लगाउँदा ठूला लगानीकर्ता लगानी गर्न सक्ने अवस्था नरहने तथा पुँजी पलायन भई अर्थतन्त्रमा समेत गम्भीर असर पर्न जाने उजुरीमा उल्लेख छ। 

९० प्रतिसेयर नेटवर्थ कायम गर्न नसक्नेहरुको पनि आइपीओ निष्काशन गर्नुपर्ने मागसहितको उजुरी परेको समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए। 

उजुरीमा बाढी पहिरो प्रभावित जलविद्युत आयोजनाहरुको पुनर्निर्माण गर्न ५० प्रतिशत प्रमोटर सेयरमा लकइनको व्यवस्था समेत हटाउने गरी बोर्डलाई निर्देशन दिन माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .