ad ad

कारोबार


तीन दिन लगातार घटेको सुनको मूल्य आज फेरि बढ्यो

चाँदीको पनि महँगियो
तीन दिन लगातार घटेको सुनको मूल्य आज फेरि बढ्यो

नेपालखबर
असोज ४, २०८१ शुक्रबार ११:५७, काठमाडौँ

गएकाे तीन दिनदेखि लगातार ओरालो लागेको सुनकाे भाउ आज फेरि बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले वृद्धि भएको हो।

बिहीबार प्रतितोला एक लाख ५५ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५७ हजार एक सयमा कारोबार भइरहेको छ।

हिजो आठसय रुपैयाँ घटेको सुन आज एक हजार पाँच सयले बढेको हो।

गएको भदौ अन्तिम दिन (भदौ ३१ गते) सुन १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो। 

यस्तै चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि एक हजार नौ सय १५ निर्धारण भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .