ad ad

कारोबार


नेपाल एयरलाइन्सको जहाज ग्राउन्डेड भएकोमा छानबिन गर्नुपर्छ : मोहन बस्नेत

नेपाल एयरलाइन्सको जहाज ग्राउन्डेड भएकोमा छानबिन गर्नुपर्छ : मोहन बस्नेत

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १९:४२, काठमाडौँ

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएको सम्बन्धमा छानबिन गर्नुपर्ने बताएका छन्।

मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद बस्नेतले नेपाल एयरलाइन्सले आफ्ना जहाजहरु ग्राउन्डेड गर्नुले आशंका उब्जिएको बताए।

उनले जहाज ग्राउन्डेड भएको सन्दर्भमा सत्यतथ्य बाहिर ल्याउन छानविन गर्नुपर्ने बताए। एयरलाइन्सको जहाज ग्राउण्डेड गरेर निजी कम्पनीलाई मौका दिइएको हुनसक्ने सांसद बस्नेतको भनाई छ ।

उनले भने, ‘आफ्ना जहाजहरू ग्राउन्डेड गरेर राख्ने। अर्कोतिर मौका पर्यो भने जहाज खरिद गरिरहनुपर्ने। यो प्रक्रिया गलत हो। यो ग्राउन्डेड भएको बारेमा धेरै शंका, उपशंका भइरहेका छन्। त्यसमा सत्यतथ्य छानबिन गर्नु जरुरी छ। बाहिर यस्ता पनि कुरा आएका छन्, आफ्ना जहाजलाई आवश्यकताभन्दा बढी ग्राउन्डेड गराउने र निजीलाई मौका दिने खालका व्यवहार हुनसक्छ भन्ने कुरामा आशंका गरिएको अवस्थामा छ।’

सांसद बस्नेतले डेडिकेटेड ट्रंकलाइनको सबै बक्यौता रकम उठाउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .