ad ad

खेल


महिलातर्फ टिपटप र पुरुषतर्फ पुलिस विजयी, एपीएफको दुवैमा विजय सुरुवात

महिलातर्फ टिपटप र पुरुषतर्फ पुलिस विजयी, एपीएफको दुवैमा विजय सुरुवात

नेपालखबर
भदौ १८, २०८१ मंगलबार २०:६, पोखरा

पोखराको लामाचौरमा सुरु राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ एपीएफ र टिपटप न्युु डायमण्ड तथा पुरुषतर्फ एपीएफ र पुलिस क्लबले विजयी सुरुवाती गरेका छन्।

नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा मंगलबारदेखि महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण सुरु भएको हो।

प्रतियोगिताको पहिलो दिन महिलातर्फ विभागीय क्लब एपीएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्यो। एपीएफले पहिलो सेट २५–१४ र दोस्रो सेट २५–१४ ले सहजै आफ्नो पक्षमा पार्यो।

तेस्रो सेटमा एक समय १३–२० ले पछि परेको एपीएफले लगातार अंक बटुल्दै १९–२० को स्थितिमा खेल पुर्‍याँउदै २४–२४ को बराबरीमा पुुर्‍याएपनि सो सेट गण्डकीले २६–२४ ले आफ्नो पक्षमा पार्‍यो। तर चौथो सेट एपीएफले २५–१३ ले आफ्नो पक्षमा पार्दै पहिलो जित दर्ता गरेको हो।

महिलातर्फको दोस्रो खेलमा न्यु डायमण्डले एभरेष्ट भलिबल क्लबमाथि सोझो सेटमा जित हात पार्यो। डायमण्डले एभरेष्टलाई २५–१४, २५–१२ र २५–१७ ले पाखा लगायो।

आजै पुरुषतर्फको पहिलो खेलमा एपिएफले गलकोटलाई ३–१ को सेटमा हरायो।

एपीएफले गलकोटलाई २५–१७, २५–२७, २५–१६ र २६–२४ जित हात पारेको हो।

पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा पाखा लगायो। पुलिसले गण्डकीलाई २५–१७, २५–२१ र प्रतिस्पर्धात्मक तेस्रो सेट ३०–२८ ले जित निकाल्दै सोझो सेटमा हरायो।

राउण्ड रोविनमा हुने प्रतियोगिताको महिलातर्फ गण्डकी प्रदेश भलिबल संघ, एभरेष्ट क्लब, टिपटप न्यू डायमण्ड यूथ स्पोर्टस क्लब र एपीएफ क्लब सहभागी छन्।

पुरुषतर्फ गण्डकी प्रदेश भलिबल टिम, एपिएफ क्लब, गलकोट र नेपाल पुलिस क्लबको सहभागी छन्।

प्रतियोगितामा भोलि बुधबारको पहिलो खेलमा महिलातर्फ टिपटप न्यु डायमण्ड युथ स्पोर्टस र गण्डकी प्रदेश तथा एपीएफ क्लब र एभरेष्ट भलिवल क्लब भिड्नेछन्।

पुरुषतर्फ नेपाल पुलिस क्लब र गलकोट तथा गण्डकी प्रदेश र एपिएफ क्लब भिड्नेछन्।

२१ गते सम्म चल्ने
प्रतियोगिताको दुवैतर्फको उपाधि विजेताले १ लाख ५० हजार १ सय ११ तथा उपविजेताले १ लाख १ सय ११ रुपैयाँ पाउनेछन्। तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछिन्। प्रतियोगिता २१ गतेसम्म चल्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .