ad ad

कारोबार


आजको लागि कति छ विदेशी मुद्राहरुको विनियमदर? हेर्नुहोस् सूची

आजको लागि कति छ विदेशी मुद्राहरुको विनियमदर? हेर्नुहोस् सूची

नेपालखबर
भदौ २३, २०८१ आइतबार ५:११, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अस्ट्रेलियन डलर, मलेसियन रिङ्गेट, अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहितका सबैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छैन। अर्थात् शनिबार जुन मूल्यमा कारोबार भएको थियो, आज पनि अधिकांश विदेशी मुद्राको कारोबार सोही मूल्यमा  हुनेछ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ५० पैसा कायम भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो। 

आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा कायम भएको छ। 

त्यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ। 

आज युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा कायम भएको छ।

आज मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा कायम भएको छ। 

आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा कायम भएको छ।  

त्यसैगरी कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८७ पैसा कायम भएको छ। 

आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १४ पैसा कायम भएको छ। 

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .