ad ad

कारोबार


सेयरबजारमा त्रसित बने लगानीकर्ता, बुधबार पनि ‘प्यानिक सेल’को बाढी

सेयरबजारमा त्रसित बने लगानीकर्ता, बुधबार पनि ‘प्यानिक सेल’को बाढी

नेपालखबर
भदौ २६, २०८१ बुधबार १५:२६, काठमाडौँ

सेयरबजारले निरन्तर ओरालो यात्रा गर्दा लगानीकर्ता लगानीलाई लिएर त्रसित बन्न पुगेका छन्।

पछिल्लो १४ दिनयता निरन्तर घटिरहेको सूचकले बुधबार पनि सपोर्ट नपाएपछि लगानीकर्ता ‘प्यानिक सेल’मा उत्रिएका हुन्। 

बुधबार लगानीकर्ताले सूचक घटेको मौका छोप्नुको साटो बजारबाट आत्तिएर बिक्री बढाउँदा सूचक दोहोरो अंकले घट्न पुग्यो। 

प्रि ओपन सेसनमा एकल अंकले सूचक बढ्दा लगानीकर्तामा आशा पलाए पनि दिनभर राताम्मे बन्दा लगानीकर्ता त्रसित बनेका हुन्। 

लगानीकर्ताले अन्तिम समयमा आएर बजारमा बिक्री चापलाई बढाएका थिए। 

यो दिन समग्रमा २२.७३ प्रतिशतले सूचक घटेर २६१० को अंकमा बजार बन्द भएको छ भने ६ अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

बजार घट्दा पनि फाइनान्स, निर्जीवन बीमा तथा व्यापार समूहको कम्पनीका लगानीकर्ताले मूल्य बढ्दा राहत महशुस गरे। यी समूहको अधिकांश कम्पनीको सेयरमूल्य बढेको छ। 

कम्पनीगत रुपमा भने आज वीन लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने थ्री स्टार हाइड्रो, समाज लघुवित्त, कालिका लघुवित्त, आत्मनिर्भर लघुवित्त लगायतका कम्पनी सर्वाधिक कमाउनेको सूचीमा अगाडि देखिए।

यस्तै घट्नेमा भने आज एसियन हाइड्रो, कर्पोरेट विकास बैंक अगाडि छन्। यी दुवैको क्रमश ६.८८ र ५.२६ प्रतिशतले मूल्य घटेको हो । 

त्यसो त पर्ख र हेरको रणनीतिमा बसेका बाहेकका लगानीकर्ताले ६ अर्बको कारोबार गर्दा सबैभन्दा धेरै सीईडीबी हाइड्रोको सेयर कारोबार धेरै गरेका छन् । यो कम्पनीको ३४ करोड रुपैयाँको कारोबार भएको छ। 

आजको बजारमा म्युचुअल फण्ड र प्रमोटर सेयर बाहेक अपी पावर कम्पनी,कुमारी बैंक, माथिल्लो तामाकोशी लगायतका कम्पनीको सेयर आपूर्ति धेरै थियो। यी कम्पनीको सेयर माग भन्दा धेरै थियो भने मैलुंङ खोला जलविद्युत,डोल्टी पावर र घलेम्दी हाइड्रोको सेयर माग बढी देखियो।

समग्रमा बजारमा सेयर मागको तुलनामा आपूर्ति बढी देखिँदा सूचक मात्रै घटेन, कारोबारमा आएका १७४ वटा कम्पनीको सेयरमूल्य पनि घट्यो । बाँकी ६६ वटा कम्पनीको भने सामान्य रकमले मूल्य बढेको हो । 

बजार बढ्छ भन्ने आशाका बीच सूचक निरन्तर ओरालो लाग्न थालेपछि पर्ख र हेरको रणनीतिमा रहेका लगानीकर्ता पनि त्रसित बन्न थालेका हुन् ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .