ad ad

कारोबार


अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो : अध्यक्ष ढकाल

अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो : अध्यक्ष ढकाल

नेपालखबर
असोज ४, २०८१ शुक्रबार १३:४६, काठमाडौँ

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको बताएका छन्।

शुक्रबार ललितपुर उद्योग वाािण्ज्य संघको ४५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले इमान्दार हिसावले काम गर्ने हो भने नेपालमा धेरै सम्भावना रहेको उल्लेख गरे। 

‘हामी इमान्दार हिसाबले काम गर्ने हो भने काम गर्न सकिने रहेछ। यो मेरो आफ्नै उदाहरणले प्रमाणित गरेको छ। निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्न खोज्यौँ भने वास्तवमा छोटो समयमा धेरै चिजहरु गर्न सकिन्छ। १० अर्ब बराबरको पेड अफ क्यापिटल भएको इन्भेष्टमेन्ट कम्पनी छ भने यसलाई एज इक्युटिको रुपमा यदी मान्ने हो भने २०, २५ प्रतिशत मान्ने हो भने करिव ४० अर्ब बराबरको आयोजनामा लगानी गर्न सकिन्छ,’ ढकालले भने।

निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्नसके छोटो समयमा नै धेरै काम गर्न सकिने बताउँदै ढकालले पर्यटन, जलविद्युतको क्षेत्रमा ठूलो सम्भावना रहेको पनि बताए। 

अहिले रेमिट्यान्सको फ्लो बढेको, फरेन करेन्सीको रिजर्भ बढेको, बैंकमा लिक्वीडिटी प्रशस्त रहेको उनको भनाइ थियो। 

‘अहिले पयर्टनको कुरा गर्दा टुरिस्टको नम्बरहरू बढेको छ। रेमिट्यान्सको कुरा गर्दा फ्लो बढेको छ। फरेन करेन्सीको रिजर्भ पनि त्यत्तिकै छ। बैंकमा लिक्वीडिटी पनि त्यत्तिकै छ। बैंकको ब्याजदर पनि सिंगल डिजिजमा घटिसकेको छ। अहिलेको अवस्था भनेको नेपालका हरेक सम्भवना भएका क्षेत्रमा लगानी गर्ने राइट टाइम हो। व्यवसायीहरूको नेतृत्व गर्नेहरुले पोजेटिभ माहोल तयार गर्ने हो भने डाउन द लाइन नकारात्मक भाष्य चिर्दै लग्नसके लगानीको वातावरण बन्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .