ad ad

कला


सलमानलाई मार्छु भन्ने गुन्डाकै नाम लिएर महिलाले दिइन् उनको बुवालाई धम्की

सलमानलाई मार्छु भन्ने गुन्डाकै नाम लिएर महिलाले दिइन् उनको बुवालाई धम्की

फाइल तस्बिर: बुवा सलिमका साथमा सलमान खान


नेपालखबर
असोज ३, २०८१ बिहिबार १९:५२, काठमाडौँ

बलिउड अभिनेता सलमान खानपछि उनका पिता सलीम खानलाई पनि धम्की आउन थालेको छ। बुधबार एक महिलाले हाल जेलमा रहेका गुण्डा लरेन्स बिश्नोईको नाममा धम्की दिएकी हुन्।

यस विषयमा खान परिवारबाट अहिलेसम्म आधिकारिक रूपमा कुनै प्रतिक्रिया आइसकेको छैन। साथै बिश्नोईको नाम लिने महिला को थिइन् भन्ने पनि स्पष्ट भएको छैन।

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार सलिम खान मर्निङ वाकमा निस्कँदा एक महिला आएर धम्की दिएकी हुन्। ती महिलाले सलिम खानलाई सहीसँग बस्ने कि लरेन्सलाई भन्नुपर्छ भनेर चेतावनी दिएकी हुन्। 

यस सम्बन्धमा बान्द्रा पुलिस स्टेसनमा जाहरी दर्ता गरिएको छ। एकजना पक्राउ पनि परेको बताइएको छ। विशेष कुरा के छ भने गुण्डा लरेन्स बिश्नोईले यसअघि सलमानलाई मार्ने धम्की दिइसकेका छन्। 

स्कुटरमा आएकी थिइन् महिला
घटना बुधबार बिहान ८ः४५ बजेको हो। सलमानका बुवा सलिम बान्द्रा वेस्ट  नजिकैको ब्यान्डस्ट्यान्डमा बेन्चमा आराम गरिरहेका थिए। एक स्कुटरमा बुर्का लगाएकी महिला र एक पुरुष उउनको नजिकै आएर रोकिए र लरेन्सको नाम लिँदै धम्की दिए। यसबाट डराएर सलिमले स्कुटरको नम्बर पनि पूरा याद गर्न सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .