सडक अवरुद्ध भए पनि काठमाडौंमा पेट्रोल र डिजेलको अभाव नहुने नेपाल आयल निगमले जनाएको छ।
करिब ३ दिन पूर्णरुपमा पृथ्वी राजमार्ग अवरुद्ध भए पनि सोमबारबाट पेट्रोल डिजेलका गाडी आउन थालेकाले सामान्य अवस्था नै रहेको निगमले जनाएको हो।
‘२–३ दिन सडक अवरुद्ध भए पनि अहिले गाडी आउन थालेका छन्’, आयल निगमका प्रबन्धनिर्देशक चण्डिका प्रसाद भट्टले नेपालखबरसँग भने, ‘सामान्य अवस्थामै पेट्रोल डिजेल वितरण भइरहेको छ। काठमाडौं उपत्यकामा कुनै अभाव हुने देखिँदैन।’
उनले दशैँमा सहजरुपमै पेट्रोलियम पदार्थ, ग्यासहरुको उपलब्धता हुने बताए।
21
Shares
प्रतिक्रिया