ad ad

कारोबार


सेप्टेम्बरमा नेपाल आए ९६ हजार बढी पर्यटक, कोभिड पहिलेभन्दा बढी

सेप्टेम्बरमा नेपाल आए ९६ हजार बढी पर्यटक, कोभिड पहिलेभन्दा बढी

नेपालखबर
असोज १६, २०८१ बुधबार १४:४, काठमाडौँ

नेपालमा आउने पर्यटकको संख्या कोभिड महामारी अघिभन्दा बढी हुनथालेको छ। 

पर्यटन बोर्डले अध्यागमन विभागबाट संकलन गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा नेपालमा ९६ हजार ३०५ पर्यटक नेपाल आएका हुन्। 

योसंख्या गत वर्षको सोही अवधिको तुलनामा ५.८२ प्रतिशतले र कोभिडअघि अर्थात् २०१९ को तुलनामा ४ प्रतिशतले बढी हो। 

सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२, २०२२ मा ५८ हजार ३१४, २०२१ मा ९ हजार ९०७, २०२० मा ५८४ र २०१९ को सेप्टेम्बरमा ९२ हजार ६०४ पर्यटक नेपाल भित्रिएका थिए। 

त्यसैगरी सेप्टेम्बरमा ७७ हजार २२ पर्यटक नेपाल छोडेका छन्। सन् २०१९ को तुलनामा पर्यटन क्षेत्रले ४ प्रतिशतको वृद्धि हासिल गरेको छ। 

नेपालमा घुम्ने धेरै पर्यटक भारतका छन्। भारतबाट सेप्टेम्बरमा २२ हजार ९८४, संयुक्त राज्य अमेरिकाबाट १० हजार ८४, चीनबाट ८ हजार ४२, अस्ट्रेलियाबाट ५ हजार ३८, श्रीलंकाबाट ४ हजार ९१५, बेलायत र उत्तरी आयरल्यान्डबाट ४ हजार ४९३, बंगलादेशबाट ४ हजार १०३, जर्मनीबाट २ हजार ७०४, दक्षिणकोरियाबाट २ हजार ३५१ र मलेसियाबाट २ हजार २८० पर्यटकले नेपाल भ्रमण गरेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .